N. Achyut Quotes Nepali Kabita| Dedicated to all the mothers in the World |Nepali Poem

Nepali Kabita| Dedicated to all the mothers in the World |Nepali Poem

nepali kabita Nepali Poem

Nepali Kabita | Dedicated to all the mothers in the World | Beautiful Nepali Quotes | Nepali status and Quotes | Love Quotes in Nepali | Broken quotes in Nepali | Nepali Quotes for broken and love heart |Nepali Poem

आमा,
मेरा लागि असिमित माया कि खानी तिमि
मेरो संसारकै अमुल्य रत्न हौ तिमि

तिमीलाई वर्णन गर्न हजारौ जिब्रो भएका शेष नागले त सक्दैनन्
म कसरि सकुला र

तिम्रो निष्ठा,समर्पण,दुख कस्ट जति भनेनी कम हुन्छ आमा
तिम्रो दुधको भारा तिर्न लाख कोसिस गरेनी सकिन्न आमा

सगरमाथा भन्दा पनि उच्च छ तिम्रो विशालता
सागर भन्दा धेरै धेरै गहिरो छ तिम्रो ममता

नौ महिना सम्म पेटमा राख्यौ मेरै लागि सबै सुख त्याग्यौ
अनेकौ संघर्स गरेर जन्मदियौ,हुर्कायौ,सारा सृष्टि देखायौ

तेते बिज बिज बाबु बड बड भन्दै तेल लगायौ,बलियो बनायौ
आफु चिसो भुइमा बसेपनि,मलाई न्यानो काखमा सुतायौ

आफ्नो आखाभरि आशु हुदानी हामीलाई खुसि राख्ने प्रयत्न गरिरह्यौ
कति रात नसुती आखा झिमिक्क नगरी मेरो स्याहारमा बितायौ

आफु भोको बसीबसी हामीलाई मात्र ख्वायौ
हाम्रो भविस्यको निम्ति अनबरत खटिनैै रह्यौ

आज सबै थोक छ आमा म संग
तिमीले बनाइदिएका चार हात खुट्टा,तिम्रो साथ् र जीवनमा केहि गर्ने आट

बस प्रार्थना यो छ कि तिमि म देखि टाडा नहुनु जुनी जुनी सम्म
म सकुला आफुलाई नै बिर्सिन तर सक्ने छैन तिम्रो ममता भुल्न

आमा,
मलाई तिम्रो आशीर्वाद छाहिन्छ, अगाडी बढ्न, सफलताको शिखर चढ्न अनि
जस्तोसुकै चुनौती र कठिनाईसँग पनि अनवरत लड्न

आमा मलाई आड देऊ, भरोसा देऊ अनि कहिल्यै नझुक्ने साहस देऊ
आमा! आमा! आमा!

Written by : Anita Neupane

Related Post