N. Achyut Blog,News,Uncategorized नेपालको सेयर मार्केट मा प्रबेश गरेर पैसा कसरी कमाउन सकिन्छ र जोखीम बाट कसरी बच्न सकिन्छ

नेपालको सेयर मार्केट मा प्रबेश गरेर पैसा कसरी कमाउन सकिन्छ र जोखीम बाट कसरी बच्न सकिन्छ

colzlife

Bhawani Koirala : नेपालको सेयर मार्केट मा प्रबेश गरेर पैसा कसरी कमाउन सकिन्छ र जोखीम बाट कसरी बच्न सकिन्छ भन्ने कुराको बिश्लेषण गरिएको छ।अध्ययन गरेर लगानीकर्ताहरू सचेत रहनुहोला।

Nepali stock market/Nepali stock exchange/ share bazar/ how to get success in share market in nepal !

  1. सर्ब प्रथम आँफु कुन लगानी कर्ता हो ट्रेडस होकी इनभेष्टर हो बुझ्न जरूरी छ। इनभेष्टर हो भने धैर्यता र  सहनशिलता  लाइ आत्मसाथ गर्नु पर्छ बजार घटेर आँफुले खरीद गरेको कम्पनीको मुल्यमा घाटा लागे पनि उक्त कम्पनी ले दिने बोनश र लाभांश बाट  पनि घाटा कभर हुन्छ भनेर प्रतिक्षामा बस्न सक्नु पर्छ। तर ट्रेडस हो भने  बजार कुन ट्रेन्ड मा छ बुलीस मा  छकी बियरिस मा  बुझ्न जरूरी हुन्छ।  बजार सँधै बुलीस मात्र हुदैन र सँधै  बियरिस ट्रेन्ड मात्र पनि हुदैन  किनकी  बजार माग र पुर्तीको  आधारमा चल्ने एउटा  ट्रेन्ड हो।  माग धेरै हुदा मुल्य बडन थाल्छ तर  आपुर्ती धेरै भयो भने  मुल्य घटन थाल्छ  मुल्य घटेको समयमा खरिद गर्ने र  बडन थाल्छ आफुले किनेको मुल्यमा 20 देखी 25 % नाफा लिएर बेचेर बाहिरिने गर्नु पर्छ । यस बाट जोखिम हुदैन।धेरै नाफा गर्छु भन्दा लोभले लाभ ले बिलाप बनाइदिन्छ।
  2. कम्पनीको सेयर खरिद गर्दा बिशेष ध्यान दिनु पर्ने कुराहरू कुनै पनि कम्पनीको सेयर खरिद गर्दा  उक्त कम्पनीको आन्तरिक रूपमा बित्तिय बिबरण बुझ्न र बिश्लेषण गर्न जरूरी हुन्छ

तल दिएका आधारहरूले कम्पनी बलीयो र सुशासन भएको कुरा प्रष्ट पार्दछ।

  • कम्पनीको पुँजी आधार बलीयो भएको।
  • कम्पनीले आफ्नो ब्यबसाय बिगतको भन्दा बिस्तार गर्दै लगेको।
  • बिगतमा भन्दा खुद नाफा बडेको
  • चुक्ता पुँजीकै आधारमा जगेडा कोष भएको
  • नियमनकारी निकायले तोकेको चुक्ता पुँजी भएको
  • प्रती सेयर आम्दानी 15 रूपयाँ भन्दा माथी रहेको  मुल्य आम्दानी अनुपात 15 गुणा भन्दा तल रहेको
  • निश्कृय कर्जा 3%भन्दा तल रहेको
  • समयमा सधारण सभा गरेर बोनश बितरण गर्ने यस्ता कम्पनी को सेयर खरिद गरेमा जोखिम बाट बच्न सकिन्छ।

 कुनै पनि कम्पनीको सेयर खरिद गरीसके पश्चात उक्त कम्पनीको सेयर मुल्य बडोस भन्ने चाहना सबै लगानीकर्ताहरूलाइ हुन्छ तर बजारमा कहिले नकरात्मक भ्रम फैलाएर राम्रा कम्पनीको मुल्य घटाउने र नराम्रा कम्पनीको मुल्य बडाउने खेल हुन्छ जबकी त्यती  बेला ठुला लगानीकर्ताहरूलाइ कमाउने अबसर प्राप्त हुन्छ। यो कुरा सर्बसाधारण लगानीकर्ता ले बुझ्न जरूरी हुन्छ। खरीद  गरीसकेको भए तल दिएका निम्न कुराहरूले बजारमा सकरात्मक प्रभाब पर्ने र बजार बडन सक्ने आधार बुझिन्छ आँफुलाइ धैर्यता र सहनशिलतामा राख्ने कोशिस गर्नुहोस।

  • बैकलाइ ब्रोकर लाइसेन्स दिने तयारी हुदै गरेको अबस्था
  • पुँजीगत लाभकर गणना गर्ने बिबाद सुल्झीने संकेत
  • सेयर धितो कर्जामा सौलीयत दिने अबस्था सृजना भएको
  • ब्रोकर मार्फत मार्जीन कारोवार खुला गर्ने संकेत
  • अन लाइन कारोवारमा सहजीकरण,
  • सेयरसम्बन्धि प्रशिक्षण तालिम दिने ब्यबस्था
  • देशको बिभिन्न ठाउँमा ब्रोकरहरू खुलाउने संकेत

आदी कारणले गर्दा बजार बडने संभाबना देखिन्छ। मेरो आफ्नो बिचार बाँकी लगानीकर्ताको हातमा छ।

मनपरेमा कमेन्ट गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Post